राष्ट्रपति भवनमा घटस्थापना

लमजुङको आठ वटै पालिकाको प्रतिबद्धता पत्र तयारीमा जुट्यो एमाले  

लमजुङ । स्थानीय निर्वाचन नजिकिँदै गर्दा तीव्र तयारीमा जुटेको नेकपा एमाले लमजुङले निर्वाचनमा प्रस्तुत गर्ने प्रतिबद्धता पत्र तयारीका लागि अनुशिक्षण कार्यक्रम गरेको छ ।

एमाले लमजुङले प्रतिबद्धता पत्र अनुशिक्षण कार्यक्रम नेपाल बुद्धिजीवी परिषद् लमजुङको सहकार्यमा मङ्गलवार बेसीशहर आयोजना गरेको हो । 

एमाले लमजुङले जिल्लाको ८ वटै पालिकामा प्रतिबद्धता पत्र तयारी गर्नका लागि अनुशिक्षण कार्यक्रम गरी प्रक्रिया अघि बढाएको हो । अनुशिक्षण कार्यक्रममा प्रत्येक पालिकाबाट दुई र दुई जनाको सहभागिता रहेको थियो ।

एमालेका केन्द्रीय सदस्य एवं लमजुङ इन्चार्ज मायानाथ अधिकारीले व्यवस्थित र जनताको मन छुने योजना बनाउनुपर्नेमा जोड दिनुभयो । नागरिकका आवश्यकता र गर्नुपर्ने कामलाई सम्बोधन हुने गरेर प्रतिबद्धता आउनुपर्ने अधिकारीले बताउनुभयो । 

८ वटै पालिकाबाट आगामी  वैशाख २ गते प्रतिबद्धता तयार गरी एमाले जिल्ला कमिटीका बुझाउने र ९ गते देशभर एकै पटक प्रतिबद्धता घोषणा हुने कार्यक्रम रहेको नेकपा एमाले लमजुङका प्रचार विभाग प्रमुख कृष्ण केसीले दिनुभयो।

 

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  १० : ३८ बजे