राष्ट्रपति भवनमा घटस्थापना

मुलुकका अधिकांश भू–भागमा आंशिक बदली, दिउँसो यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । 

बिहान मुलुकका अधिकांश भू–भागमा आंशिक बदली रहेको छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली  रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश १ को पहाडी भूभागको एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ चैत्र ३० गते (बुधवार)
​​​​​​​दिउँसो:
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भू–भागमा आंशिक बदली रहने छ।  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भू–भागमा मौसम सामान्यता सफा रहने छ। 

प्रदेश १ को पहाडी  भू–भागको एक÷दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०७९ वैशाख ०१ गते (बिहीबार)
दिउँसो:
देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहने छ।देशको पहाडी भू–भागका एक/दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू–भाग को एक/दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

२०७९ वैशाख ०२ गते (शुक्रवार)
दिउँसो:
देशको पहाडी भू–भागमा आंशिक बदली  रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।  प्रदेश १ लगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशको पहाडी भू–भागमा आंशिक बदली  रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने छ।

 

 

 

 

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ७ : २२ बजे