सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनसरीको बंङ्गुर अनुसन्धान इकाइएका प्रमुखसहित सातजना विरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय अनुसन्धान केन्द्र सुनसरीको बंङ्गुर अनुसन्धान इकाईका तत्कालीन इकाई प्रमुख रामदेव पण्डितसहित सातजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनीहरुले सात लाख रुपैयाँ हिनामिना गरेको आरोप लगाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

अख्तियारले मुद्दा दायर गरेका अन्यमा सहायक कर्मचारीहरु शकुन्तला राई र प्रकाश कुमार यादव, लेखा अधिकृत सोभितलाल यादव, लेखा अधिकृत तिलक राजबंशी, स्टोर प्रमुख तथा प्रशासन प्रमुख कृष्ण प्रसाद पोखरेल र क्षेत्रीय निर्देशक हरिकृष्ण श्रेष्ठ रहेका छन् । 

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ५ : २६ बजे