यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

​​​​​​​निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

​​​​​​​ काठमाडौं / वैशाख ३० को स्थानीय चुनावका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिनुभएको छ । 

राष्ट्रिय सुरक्षा परिषद्को चैत १७ को सिफारिस र मन्त्रिपरिषद्को चैत २४ को सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालन गर्न स्वीकृत दिइएको राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति मार्फत जनाएको छ ।

विज्ञप्तिमा  निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा व्यवस्था भएअनुसार सुरक्षा निकायहरू एकीकृत तथा समन्वयात्मक रूपमा परिचालन गर्न सेना परिचालन गरिने उल्लेख छ ।  संविधानमा नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ । 

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ५ : १४ बजे