सुनको मूल्यमा नयाँ कीर्तिमान

चोरी गरेको मोटरसाइकलसहित दुई पक्राउ

पर्सा । प्रहरीले मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । 

रौतहट फतुवा विजयपुर नगरपालिका–१० का  लक्ष्मी चौधरीको ना.३५ प ५९१ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो । 

वीरगञ्ज महानगरपालिका–१५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको उक्त मोटरसाइकल चोरेको अभियोगमा प्रहरीले वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुरका  २० वर्षका ऋषि पासवान र १९ वर्षका सहिम मिया अन्सारीलाई पक्राउ गरेको हो । 

मोटरसाइकल चोरी गरी भाग्दै गरेका उनीहरुलाई प्रहरीले चोरी गरेको मोटरसाइकल सहित पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ५ : ०० बजे