काग्रेंसको पुच्छरहरू, पुच्छर भए पनि काग्रेंस नै हो : अध्यक्ष ओली 

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई एउटै दलको संज्ञा दिनुभएको छ । 

आज ललितपुरमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको पुस्तक विमोचन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन स्थानीय तहलाई पङ्गु बनाउन लागि परिरहेको बताउनुभयो । ‘पाँच दलीय गठबन्धन स्थानीय तहलाई पङ्गु बनाउदै छन्, यी पाँच वटा पनि हैन, अब एउटै दल हुन् ।’ ओलीले थप्नुभयो,‘ काग्रेंसका पुच्छर काग्रेंस नै हो, जसरी भैँसीको पुच्छर भैँसी नै हो, यी पनि काग्रेंसको पुच्छर हुन् अर्थात् यी पुच्छर भए पनि काग्रेंस नै हुन् । 

वर्तमान सरकारले केही गर्नै नसक्ने भन्दै अध्यक्ष ओलीले यो सरकारले गर्न सक्ने भनेको विदेशबाट स्रोत नखुलेको रकम ल्याएर खानु मात्र भएको बताउनुभयो । ‘यो सरकार कमिशनखोरी भ्रष्टाचारीमा लिप्त हुनुहुन्छ, यसले विकास रोक्छ, योजना काट्छ, यस्ले जम्मा जम्मी गर्ने भनेको ४० करोड पचाउने हो’ ओलीको भनाई थियो । 

अध्यक्ष ओलीले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा कुनै राजनीतिक खेलाडी नभएको बताउनुभयो ।  उहाँले देउवा खेलाडी हैन उहाँ त कसैले खेलाउँदा खेलाउँदै प्रधानमन्त्री बनाउने र अन्तिममा  भड्खालोमा हालेको रेकर्ड मात्र भएको मान्छे हो । हामी देउवा जीलाई त्यो  नदोर्याउनुहोस् भन्न चाहन्छौ ।’ अध्यक्ष ओलीले  सरकार विप्लवको नाम देखाएर निर्वाचन सार्न लागि परेको उहाँले बताउनुभयो । उहाँले विप्लवलाई लोकतन्त्र विरोधी मतियार नबन्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, विप्लव जी, जनताले इमानदार नेताको रूपमा बुझ्छन्,भलै तपाईँका एजेन्डा जे सुकै होस्, हामी तपाइलाई लोकतन्त्रको विरुद्ध षडयन्त्र गर्ने  शिकार बनाइदैछ तपाइ फस्ने खतरा हामी देख्दै छौ । चुनाव पर सार्न नलाग्नुहोस्, समयमा पार्टी दर्ता गर्नुभएन, जहाँ जितिन्छ त्यहाँ कि त  स्वतन्त्ररुपमा लड्नुहोस् कि सुर्य चिन्ह लिएर लड्नुहोस्, आफ्नो पार्टी र कार्यकर्ता जोगाउनुहोस् ।’ ओलीको भनाई थियो । 

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ४ : १७ बजे