राष्ट्रपति भवनमा घटस्थापना

जाली मुद्दा लगाउन सक्छन् सचेत बनौ : अध्यक्ष ओली 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जालझेल र षड्यन्त्र गरेर जाली मुद्दा लगाउन सक्ने आशंका व्यक्त गर्नु भएको छ । जनताबाट नभई परमादेशबाट बनेको सरकार भएकाले गैरजिम्मेवार सरकारको भर हुन नसक्ने टिप्पणी गर्नुभयो ।

आज ‘संघर्षशील योद्धाहरु’ नामक पुस्तक लोकापर्ण समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अहिलेको समय पहिलेको जस्तो नभए पनि जालझेल र तिक्डम गर्ने यस्तो सरकारबाट सचेत हुनुपर्ने बताउनु भयो

अध्यक्ष ओली भन्नुहुन्छ, ‘समय हिजोको जस्तो छैन । तर सरकार चाहिँ उसै वेलाको जस्तो छ, जालझेल, तिक्डम गर्ने खालको, जनताबाट नआएको परमादेशबाट आएको, जनताप्रति जिम्मेवार नभएको गैरजिम्मेवार छ ।’

अध्यक्ष ओलीले वर्तमान सरकार आफै समयमा चुनाव गरेर लोकतन्त्र जोगाउने भन्दा चुनाव नगरेर षड्यन्त्र गर्नतर्फ लागिरहेको पनि बताउनु भयो । उहाँले भन्नुभयो ‘त्यसकारण अहिले पनि के हुन्छ रु मान्छेलाई जाली मुद्धा लाग्दैन, फसाइँदैन भन्न सक्ने अवस्था छैन, यो गठबन्धन सरकार यस्तै हो । तर हामी त्यसमा सजग हुनुपुर्छ जरुरी छ ।’

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ३ : ५६ बजे