राष्ट्रपति भवनमा घटस्थापना

भरतपुरको मुख्य निर्वाचन अधिकृत हेरफेर

काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरपालिको मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको छ ।
आयोगको सोमबारको निर्णय अनुसार जिल्ला न्यायाधीश हेमन्त रावलको ठाउँमा अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई भरतपुरको जिम्मा दिइएको हो । 

भरतपुर नगरपालिकामा माओवादी केन्द्रकी पुत्री रेणुका दाहाल फेरी उठ्ने चर्चा चलिरहेका बेला निर्वाचन अधिकृत फेरिनुलाई धेरैले चासोका साथ हेरेका छन् ।  

यसअघिको स्थानीय निर्वाचनको मतगढानामा रेणुदाहालको कम भतभार देखिनलागेपछि अन्तिम समयमा माओवादी कार्यकर्ताहरुले  मतपत्र च्यातेका थिए । सो प्रकरणमा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले नै सहयोगी भूमिका खेलेको भन्दै एमालेले न्यायपरिषदमा उजुरी दिएको थियो । 

 भरतपुर महानगरपालिको मुख्य निर्वाचन अधिकृत हेरफेरप्रति धेरैको चासो भए पनि  आयोगले भने यसलाई सामान्य भनेको छ । यसअघि पनि आयोगले ७१ जना मुख्य निर्वाचन अधिकृतहरू हेरफेर गरेको थियो । 
हेरफेर गरिएका मध्ये रावल चितवन जिल्ला अदालतको मुख्य न्यायाधीश हुनुहुन्छ।  न्यायपरिषदको सिफारिसमा आयोगले मुख्य न्यायाधीश नियुक्ति गर्ने गर्दछ ।
 

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  २ : ५४ बजे