काठमाडौं / साँगाबाट जगातीतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिनाकी लोसाङ डोल्मा तामाङ रहेकी छिन् ।
मृतक बालिकाका बुबा बुद्ध तामाङले चलाएको बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान अन्दाजी साढे ३ बजे दुर्घटना हुँदा लोसाङ गम्भीर घाइते भएकी थिइन् ।
उपचारको क्रममा न्युरो अस्पताल काठमाडौंमा मृत्यु भएको छ ।
बुबा बुद्ध र आमा सुस्मिता तामाङको भने भक्तपुरको सल्लाघारीमा रहेको डा। इवामुरा अस्पतालमा उपचार भइ रशेको छ।
प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार ११ : १५ बजे
प्रतिक्रिया