काठमाडौँ । पाँच दलीय गठबन्धनका शीर्षसहित उच्चस्तरीय राजनीतिक संयन्त्र र निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्दै छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ः०० बजे बैठक बस्ने भएको हो ।
बैठकले निर्वाचनमा तालमेलको ‘मोडालिटी’, उम्मेदवार मापदण्ड र प्रक्रियासहितको निर्णय गर्ने गठबन्धनले जनाएको छ ।
गठबन्धनका नेताहरूले सोमबार गठबन्धनले बनाउने उम्मेदवारहरूलाई विजयी बनाउन मतदाताहरूसँग मत मागेका छन् ।यसअघि आइतबारसम्म चार पटक निर्वाचन तयारी तथा अनुगमन समितिले तालमेलको ‘मोडालिटी’बारे छलफल गरेको थियो ।
पालिका, जिल्ला र प्रदेश स्तरमा गठन गरेको गठबन्धनको संयन्त्रले पठाएको प्रतिवेदन र सुझावको आधारमा मोडालिटीबारे समितिले छलफल गरेको हो ।
प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार ८ : ०६ बजे
प्रतिक्रिया