सुनको मूल्यमा नयाँ कीर्तिमान

 सुर्खेत बाङ्गेसिमलबाट सालको काठ बरामद, चार जना पक्राउ

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार वीरेन्द्रनगर नगरपालिका सुर्खेत बाङ्गेसिमलबाट सालको काठ बरामद गरेको छ । 

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट स्वास्थ्यचौकी भवनका पुरानो सालको काठ सल्यानको सल्लीबजार लैजाँदै गर्दा वीरेन्द्रनगरको बाङ्गेसिमल जाँच चौकीबाट प्रहरी टोलीले सो काठ बरामद गरेको हो ।

काठ बरामद गर्नुका साथै चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । 

उहाँले पञ्चपुरी नगरपालिका–८ सुर्खेत निवासी २० वर्षीय चालक तोरण विक, २१ वर्षीय प्रेम विक, भेरीगङ्गा नगरपालिका–९ सुर्खेत निवासी ३९ वर्षीय रामजी गुप्ता  र सोही नगरपालिका–६ निवासी ३५ वर्षीय कुलवीर विक रहेको बताउनुभयो । 

उहाँका अनुसार गुप्ताले व्यक्तिगत प्रयोजनका लागि भे१ख १२४२ नंको मिनी ट्रकमा सालकोटबाट सल्यानको सल्लीबजारतर्फ अवैध रूपमा काठ लैजाँदै थिए । बरामद भएको काठमा एक ढोका, पाँच साना, १५ ठुला झ्याल, अन्य फुटकर ४० पिस काठको टुक्रा रहेको जनाइएको छ । 

प्रहरीका अनुसार आइतबार जिल्ला अदालत सुर्खेतबाट छ महिना कैद सजाय तोकिएका वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका फरार १६ वर्षीय कल्पना सोनीलाई सोही पालिकाको बसपार्कबाट पक्राउ गरिएको छ । 

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ७ : ४८ बजे