यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

धनुषा भूमिसुधार कार्यालयका निमित्त प्रमुख घुस रकम सहित पक्राउ

काठकाडौं / भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख सुनिल कुमार झा घुस रकमसहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले झालाई पाँच लाख घुस रकमसहित पक्राउ गरेको हो ।

झाले जग्गा सम्बन्धी हक साफी मुद्दाको फैसला सुनाए वापत सेवाग्राहीसँग पाँच लाख मागेको सूचना एवं उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले घस रकमसहित भानुचोक जनकपुरबाट सोमबार बिहान ८:१५ मा नियन्त्रणमा लिएको जनाएको छ । उनलाई पक्राउ गरेर अख्तियारले अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ९ : ०३ बजे