पाँच मुख भएका खन्चुवाहरूले देश बर्बाद पारे : अध्यक्ष ओली

 काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई ‘पाँच मुख भएका खन्चुवा’ को संज्ञा दिनुभएको छ ।  

बझाङमा आयोजित जनसभालाई सम्बोधन गर्नुहुँदै ओलीले गठबन्धनको सरकारले देश रसातलतर्फ पुर्‍याउन लागेको टिप्पणी गर्नुभयो । 

ओलीले भन्नुभयो, ‘यिनीहरू देश बनाउन होइन लुट्न बसेका हुन् । पाँच वटा मुख भएका खन्चुवाहरूले देशलाई बर्बाद पारिरहेका छन्, लुटिरहेका छन् ।’ उहाँले अगाडी भन्नुभयो,‘हामीले वृद्ध भत्ता पाँच हजार पुर्‍याउने भनेका थियौंं । तर अहिलेको सरकारले ज्येष्ठ नागरिक भत्ता नै दिन नसक्ने अवस्था आउन थालेको छ । हामीले कोभिड लागेको बेला समेत कर्मचारीको तनखा बढायौँ । तर यो सरकार कर्मचारीलाई तनखा समेत खुवाउन नसक्ने अवस्थामा छ ।’

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ५ : १७ बजे