पाँच वटा बाख्रा एक ठाउँमा बस्दैमा भैँसीजत्रो हुँदैनन् : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  सत्तारुढ पाँच दल एक ठाउँमा उभिँदा पनि एमाले जत्रो नहुने दाबी गर्नुभएको छ ।  

एमाले बझाङले आज सदरमुकाम चैनपुरमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले आफूलाई जोगाउन चाहने अरू दलका नेता कार्यकर्ताले स्थानीय तहमा खुसुक्क एमालेमा मिल्न सुझाव दिनुभयो ।

जनसभामा बोल्ओनुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘के हो यो पाँच दलीय गठबन्धन भन्या , पाँच वटा बाख्रा एक ठाउँमा बस्यो भने पनि भैँसीजस्तो हुँदैनन् ।’‘अब कुनै पार्टीलाई स्थानीय तहमा एक दुई वटा पद फुत्काउन मत छ भने खुसुक्क एमालेमा मिल्दा हुन्छ,’ ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले एमाले अहिले एक कदम पछि हट्दैमा उत्साहित नहुन विपक्षीहरूलाई सुझाव दिंदै,एमालेसँग सिङ जुधाउन खोज्नेहरूको सिङ नै भाँचिने दाबी गर्नुभयो । 

 

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ५ : ११ बजे