राष्ट्रपति भवनमा घटस्थापना

शेरबहादुर जति पटक प्रधानमन्त्री भए त्यतिपटक प्रतिगमन गरे, यो पटक चुनाव रोक्न खोज्दैछन् : ओली

बझाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले निर्वाचन रोक्ने षडयन्त्र गरेको बताउनुभएको छ ।

आज बझाङको सदरमुकाम चैनपुरमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्नु हुँदै अध्यक्ष ओलीले सरकारले धेरै पटक निर्वाचन सार्ने षडयन्त्र गरेको भन्दै अहिले पनि संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत नक्कली कानुन ल्याएर निर्वाचन रोक्न खोजिरहेको बताउनुभएको हो । 

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर जति पटक प्रधानमन्त्री भए त्यतिपटक प्रतिगमन गरेको भन्दै यो पटक पनि प्रतिगमन गर्ने प्रयास भइरहेको बताउनुभयो । एमालेले चाहे वर्तमान सरकारको जरा ७ दिनमै उखेल्न सक्ने बताउनुहुँदै अध्यक्ष ओलीले एमालेले अहिले चुनाव चाहेकोले सरकारलाई केही नगर्ने बताउनुभयो । 

पाँच दलीय गठबन्धनलाई विकास विरोधीहरूको जमात भन्दै अध्यक्ष ओलीले ५ वडा बाख्रा जम्मा गरेपनि एउटा भैँसी बराबर नहुने बताउनुभयो । गभर्नरमाथिको निलम्बनप्रति इंकित गर्दै अध्यक्ष ओलीले बिरालोलाई रिस उठे खामो चिथोर्ने भन्दै वर्तमान गठबन्धनवालाहरूलाई एमालेप्रति रिस उठेपनि त्यो नसकेर राम्रो काम गर्ने राष्ट्रसेवक  कर्मचारी माथि आक्रमण गरिरहेको बताउनुभयो । 

अध्यक्ष ओलीले निरर्वाचनमा एमालेलाई अब कसैले नसक्ने भन्दै कोही कसैलाई जोगिनु छ भने स्थानीय तहमै एमालेसँग सहकार्य गर्न सुझाव दिनुभयो । अध्यक्ष ओलीले माओवादी केन्द्र अब पार्टी नरहने भन्दै केन्द्र मात्र रहने बताउनुभयो । ‘माओवादी केन्द्र अब पार्टी हैन्, कार्यकर्ता जतिले छोडेको केन्द्रमात्र बाँकि रहन्छ ।’,अध्यक्ष ओलीको भनाई थियो । 

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ४ : ५८ बजे