राष्ट्रपति भवनमा घटस्थापना

चुनावी तालमेल गर्न गठबन्धनको अपिल, मोडालिटी भने सार्वजनिक भएन

काठमाडौँ । स्थानीय तह निर्वाचनमा देशैभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल गर्न सत्ता गठबन्धनले अपिल गरेको छ ।

गठबन्धनले आगामी चुनावी मोडालिटी भने सार्वजनिक गरेको छैन  । गठबन्धनले पाँच दलबीच तालमेल गर्ने मात्रै घोषणा गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले वैशाख ३० गते हुने स्थानीय चुनावमा देशैभर गठबन्धन गर्न आव्हान गरेको हो  ।

“देशैभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका सम्पूर्ण साथीहरूलाई आह्वान गर्दछौँ” अपिलमा भनिएको छ । 

 

 

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १२ : ०१ बजे