राष्ट्रपति भवनमा घटस्थापना

अर्थमन्त्रीलाई विष्णु रिमालको प्रश्न : पैसा कता छ सिरानीमुनी वा काखीमुनी ?

​​​​​​​काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पैसा सिरानीमुनी वा काखीमुनी छ भन्ने प्रश्न गर्नुहुँदै पैसा कहाँ छ भन्ने कुराको जवाफ सरकार तथा अर्थमन्त्रीले दिनुपर्ने बताउनुभएको छ  ।

सामाजिक सञ्जाल फेसबुकमार्फत ''अर्थमन्त्रीले तकिया मुनीको पैसा खोज्दै छु भन्नुभएको थियो खोजी कहाँ पुग्यो?, पैसा कता छ ?, सिरानीमुनी वा काखीमुनी ? '' उहाँले भन्नुभयो  ''यसको जवाफ जवाफ दिनु पर्दैन?'' 

उहाँले आयात बढ्नु, विप्रेषण घट्नु र बजारबाट नेपाली रुपैयाँ गायब हुनुको कनेक्सन के हो भन्नुहुँदै सरकारलाई प्रश्न समेत गर्नुभएको छ ।

''हुण्डी कारोबारीले डलर उतै खरिद गरी माल र वस्तु आयात गर्नु, डलर बराबरको नेपाली रुपैयाँ 'यतै कतै' जम्मा गर्नु, डलर बेच्नेले पाउनुपर्ने नेपाली रुपैयाँ स्रोत खुलाउनुपर्ने कारण बैङ्कमा जम्मा गर्न नसक्नुमा यसको कनेक्सन के हो ?''  उहाँले भन्नुभएको छ । 

उपमहासचिव रिमालले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेको बारे पनि सरकारसँग प्रश्न गर्नुभएको छ । 

 

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १० : ५० बजे