यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

करेन्ट लागेर दुईको मृत्यु

वीरंगज । उदयपुर घुर्मी बस्ने ४ वर्षीया नन्दनी कुमारी पटेलको करेन्ट लागेर शनिवार राति मृत्यु भएको छ । 

 वीरंगज महानगरपालिका(२७  का उपेन्द्र पटेलकी छोरी नन्दनीको  खेल्ने क्रममा आफ्नै घरको विद्युतको तारबाट करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

त्यसैगरी बाँकेमा  एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । नेपालगंज उपमहानगरपालिका –१९ फुटाहमा विद्युतको पुरानो लाइन बनाउने क्रममा करेन्ट लागेर १९ वर्षीय नागेश्वर यादवको मृत्यु भएको हो ।  जानकी गाउँपालिका–२ का यादवको शनिवार दिउँसो मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई  नर्सिङ होम नेपालगंज बाँकेमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ३ : ५३ बजे