शिक्षक सङ्गठनको राष्ट्रिय सम्मेलन आज, एमाले अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने

काठमाडौँ । नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको राष्ट्रिय सम्मेलन आज हुँदै छ । 

राष्ट्रिय सभा गृहमा आज बिहान ११ः०० बजे सम्मेलनको उद्घाटन हुने भएको हो । सम्मेलनलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने भएको छ ।

अध्यक्ष ओली शनिवार पर्वत र बागलुङमा पार्टीको जिल्ला कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न त्यसतर्फ जानुभएको थियो । 

उहाँ  सङ्गठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न आजै काठमाडौँ फर्कँदै हुनुहुन्छ । अध्यक्ष ओली मौसम प्रतिकूलताका कारण शनिवार बागलुङको कार्यक्रमबाट काठमाडौँ आउन सक्नुभएको थिएन ।  

 

 

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १० : १४ बजे