विराटनगरको मेयरको उम्मेदवारमा एमालेबाट पाँच जनाको नाम सिफारिस

​​​​​​​काठमाडौँ । नेकपा एमाले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि विराटनगर महानगरपालिकाको मेयरमा पाँच जनाको नाम सिफारिस गरेको छ।

विराटनगरस्थित पार्टी कार्यालयमा शनिवार बसेको एमाले विराटनगर महानगर कमिटी बैठकले मेयरमा र उपमेयरमा तीन जनाको नाम मोरङ जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

एमालेले मेयरमा रामलाल साह, बाबुराम कार्की, सागर थापा, परशुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस गरेको हो।

सिफारिसमध्ये साह एमाले केन्द्रीय सदस्य हुनुहुन्छ । बस्नेत र भट्टराई प्रदेश कमिटी सदस्य, कार्की जिल्ला उपाध्यक्ष र थापा एमाले विराटनगर महानगरका अध्यक्ष हुनुहुन्छ ।

त्यस्तै, एमालेले उपमेयरमा शिल्पा कार्की, विमला घिमिरे दाहाल, अञ्जु उपाध्याय ‘शिला’ को नाम सिफारिस गरेको छ।

एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाका अनुसार दाहाल प्रदेश सदस्य, उपाध्याय जिल्ला सदस्य र कार्की महानगरकी उपाध्यक्ष हुनुहुन्छ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ८ : ५० बजे