थप ५७ वटा हिमाल आरोहणका लागि खुला

धमाधम एमाले प्रवेश गर्दै  जनयुद्धका कमाण्डरहरु : प्रचण्डको भ्रममा परेर जीवन बर्वाद नर्गन अपिल

काठमाडौं ।  नेकपा माओबादीले सुरु गरेको १० बर्षे शसस्त्र युद्धमा सहभागी हुँदा गोपाल जिम्बाले सोच्नुभएको थियो, अब यही युद्धले देस परिवर्तन हुन्छ । सबै जनताले वरावरी अधिकार पाउछन् । तर उहाँको सोचअनुसार काम भएन ।

युद्ध सकियो । उहाँले सोचे जस्तो माओवादीबाट परिवर्तन भएन, आफै परिवर्तन हुन बाध्य हुनुपर्यो । भुमिगत समयमा नै बिभिन्न जिम्मेबारी सम्हालिसकेका चन्द्रपुर नगरपालिका वाड नं २ हिलेखोला निवासी गोपाल जिम्बा शुक्रबार बिधिबत रुपमा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

‘देश बनाउने अभियानमा १० बर्ष शसस्त्र युद्ध लडियो तर अहिले आएर युद्ध नलडेकाहरुको पार्टीमा हालीमुहाली भएको देख्दा दिक्क लाग्यो ।’ जिम्बाले भन्नुभयो । अब देश बनाउने अभियान नेकपा एमालेमा मात्रै देखेकाले एमाले प्रवेश गरेको जिम्बाको भनाई छ । माओबादीले जुन उदेश्य बोकेर जनयुद्ध गरेको थियो, त्यो उदेश्य बिर्सिसकेको समेत उहाँको निश्कर्ष छ ।

जनयुद्धकालमा जुडिबेला तथा चन्द्रनिगाहपुरको जन सरकार प्रमुखको समेत जिम्मेबारी पुरा गर्नुभएका जिम्बाले अब देशमा एमालेको कुनै बिकल्प नदेखेको पनि बताउनु भयो । उहाँ जुडिबेला तत्कालीन उच्च माबिका संस्थापक अध्यक्ष,महादेब स्थान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लगायतको भुमिका निर्वाह गरिसक्नु भएको छ ।

नेकपा माओबादीको जिल्ला सदस्य समेत भइसकेका जिम्बा लगायत ५० जना बढी हिलेखोला टोलका नागरिक नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । हिलेखोला कुण्डडाँडा खरियण टोलमा नेकपा एमालेद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा ५० जना बढी एमालेमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य उद्धब रेग्मीले अबको निर्वाचनमा एमालेको जित सुनिश्चित भएको बताउनु भयो । कार्यक्रममा मधेश प्रदेश कमिटिका उप सचिव आरती भण्डारी, जिल्ला कमिटिका सचिव बाल बिक्रम कार्की र नगर कमिटिका अध्यक्ष शिव आचार्य लगायतको सहभागिता रहेको थियो । सोही अवसरमा भीम भक्त स्याङतानको अध्यक्षता मा २१ सदस्य नेकपा एमाले हिलेखोला टोल कमिटि समेत गठन गरेको नेकपा एमाले चन्द्रपुर नगरपालिका वाड नं। २ का वाड कमिटि अध्यक्ष शम्भु खडकाले जानकारी दिनुभयो ।

यता नेपाली काँग्रेसबाट रौतहटको राजपुर नगरपालिकाको मेयरमा निर्वाचित शेख सकिलले बिधिबत रुपमा शुक्रबारबाट पार्टी छाडेर नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । मेयर सकिललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ओली निवास बालकोटमा टीका र माला लगाई एमाले प्रवेश गराउनु भएको हो ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ५ : १४ बजे