थप ५७ वटा हिमाल आरोहणका लागि खुला

माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष एमाले प्रवेश

काठमाडौं । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका माओवादी केन्द्रका अध्यक्ष खड्गबहादुर कार्की एमालेमा प्रवेश गर्नुभएको छ ।  

एमाले प्रवेश गर्नुभएका कार्की माओवादी केन्द्र ओखलढुंगाका प्रभावशाली नेता  हुनुहुन्थ्यो । कार्की सहित चम्पादेवीमा एक दर्जनबढी माओवादी कार्यकर्ता एमाले प्रवेश गर्नुभएको हो ।  

२०४९ सालको स्थानीय निकायको निर्वाचनमा साबिक फूलबारी गाविसका उपाध्यक्ष र २०५४ सालमा अध्यक्ष पदमा  विजयी हुनुभएका  कार्की विकास प्रेमी नेताका रूपमा परिचित हुनुहुन्छ । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेर कार्कीले १९३९ मत प्राप्त गर्नुभएको थियो ।  

कार्की एमाले प्रवेश गरेसँगै यो पटक कांग्रेसले आफ्नो विरासतका रूपमा लिएको चम्पादेवीमा एमालेको जित सुनिश्चित भएको एमाले नेताहरूले बताउने गरेका छन् ।

चम्पादेवीमा नेकपा विभाजन लगत्तै पनि माओवादी केन्द्रबाट निर्वाचित वडा नं ६ का वडा अध्यक्ष सहित ठूलो संख्यामा पूर्व माओवादीहरू कित्ता क्लियर गर्दै एमालेमा लागेका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ३ : ५२ बजे