काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ।
बागमती प्रदेश प्रदेश सरकारले आगामी वैशाख १ गतेदेखि उपत्यकासहित बागमती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो ।
बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले काठमाडौँ उपत्यकामा पाँच किलोमिटर सम्मको दूरीका लागि २ रुपैयाँ बढेको छ भने २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको जनाएको छ ।
नयाँ भाडाअनुसार पाँच किलोमिटरमा २० रुपैयाँ हुनेछ भने २० किलोमिटरभन्दा धेरैको दूरीमा ३८ रुपैयाँ भाडा पुगेको छ।
बाग्मती सरकारले जारी एक सूचनामा भनिएको छ : २०७९ /१/ १ देखि लागू हुने गरी बागमती प्रदेश भित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा दर देहाय अनुसार हुने गरी यस मन्त्रालयको २४ (माननीय मन्त्रीस्तर) को निर्णयअनुसार समायोजन गरिएको छ।
प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार १० : ५६ बजे
प्रतिक्रिया