साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

कुर्ची नै भो प्यारो 

कैले जाला दुख्खका दिन थपिन्छ रिनै रिन
सित्यैं बग्छ खुन पसिना छैन टेक्ने जमिन
जुन जोगी आउँछ हामीलाई कान चिरेकै ….
लुटी खानु केही दलको बात मिलेकै ……

अरुलाई त भन्थ्याँै खराब, बन्यौ छोटे नबाव
ठूला महल गाडी किन्याँै उत्रियो छली नकाब
लुट रै’छ प्रगति त, जनता सौतेनी नाल
आफ्नै मात्र स्वार्थ देख्याँै चाल्याँै सकुनी चाल

वादै वादले देशै खायो नाङ्गो नाच छ लाजै लायो
पद पैसा शक्ति खोज्ने कस्तो जमाना आयो
थुकेकै चाट्न थाले सिस्नो काखी च्याप्न थाले
देश जनताको रक्षा विकास के गर्लान् खै यस्ताले

झूठो क्रान्ति मनको भ्रान्ति दिवास्वप्न बाँडे केही दिन
फेर्छु भन्थ्यौ देशको मुहार फिरेन त दुखिया दिन
आफ्नै स्वार्थ रै’छ प्यारो जनताको आशा थारो
दुनियाँको आँखा छल्ने अन्धो कुर्चीनै भो प्यारो 

 

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ९ : ५८ बजे