एमाले अध्यक्ष ओली आज एकै दिन चार कार्यक्रममा सहभागी हुनुहुँदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक अपाङ्ग सङ्घको राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्नुहुने भएको छ ।

अध्यक्ष ओलीले सङ्घको सम्मेलनलाई आज बिहान ९ः०० बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । यसपछि अध्यक्ष ओलीले विभिन्न पार्टीबाट आएका नेताहरूलाई पार्टीमा प्रवेश गराउने कार्यक्रम रहेको छ  । 

काठमाडौँ उपत्यकामा हुने यी दुई कार्यक्रमपछि भने अध्यक्ष ओली आजै पर्वत र बागलुङ आज जानुहुने तय भएको छ ।  जिल्ला कमिटी पर्वत र बागलुङले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली त्यसतर्फ जान लाग्नु भएको हो । 

 

 

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ८ : ५० बजे