राष्ट्रपतिबाट दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनीत

​​​​​​​काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणप्रसाद दाहाल (चितवन)लाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्नुभएको छ । 

नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम नेपाल सरकारको सिफारिसमा दाहाललाई राष्ट्रियसभामा मनोनीत गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ७ : २८ बजे