नेपालमा दुई वायुको प्रभाव, गण्डकी प्रदेशमा बिहानै वर्षा

काठमाडौँ । हाल नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

बिहान पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ । 

दिउँसो प्रदेश १ को पहाडी  भू –भागका केही  र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

राति प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान र मधेस प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ ।

आइतबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भाग र मधेस प्रदेशका  केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने ठानिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ चैत्र २६ गते (शनिवार)
दिउँसो
: प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली, बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

प्रदेश नं १ को पहाडी  भू–भागका  केही  र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागका  थोरै  स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ। 

राती: प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

प्रदेश नं १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र मधेस प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०७८ चैत्र २७ गते (आइतबार)
दिउँसो:
प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली , बाँकी भू–भागमा आंशिक बदली रहने छ। 

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भाग र मधेस प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही मधेस प्रदेश  र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

प्रदेश नं १ , मधेस प्रदेश  र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०७८ चैत्र २७ गते (सोमबार)
​​​​​​​दिउँसो:
देशको पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती: देशको पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ७ : १६ बजे