सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

महिलाबीच भलिबलको उपाधिका लागि पुलिस र लुम्बिनी भिड्ने

काठमाडौं /  विभागीय नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश सञ्जय स्मृति राष्ट्रिय महिलाबीच भलिबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । 

शुक्रबार भएको दुई फरक खेलमा विजयी हुँदै पुलिस र लुम्बिनी फाइनल प्रवेश गरेका हुन् । 

पाल्पाको सदरमुकाम तानसेनस्थित रानीमहलमा भएको दोस्रो सेमिफाइनलमा पुलिसले गण्डकी प्रदेशलाई  २१–१९, २१–९ ले पराजित गर्‍यो । 

यता, पहिलो सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई २१–१७, २१–१४ को सोझो सेटमा हरायो । 

प्रतियोगितामा शतप्रतिशत नतिजा निकालेको पुलिसले उपाधिका लागि शनिबार लुम्बिनी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । खेल बिहान १० बजे हुनेछ ।

प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ५ : २५ बजे