सूर्य चिह्नलाई साझा बनाएर निर्वाचनमा जाने सम्भावना छ : कमल थापा

काठमाडौँ ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनमा एमालेसँग तालमेल हुनसक्ने बताउनुभएको छ ।  

शुक्रबार चाबहिलमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले नेकपा (एमाले)सँग तालमेल हुने सम्भावना रहेको बताउदै सूर्य चुनाव चिह्नलाई साझा बनाएर जान सक्ने सम्भावना रहेको बताउनुभएको छ । 

पार्टीको स्थानीय तह निर्वाचन घोषणापत्र र चुनाव चिह्न सार्वजनिक गर्नका लागि  आयोजित कार्यक्रममा उहाँले अहिलेको अवस्थामा आफ्नो पार्टीको संगठन विस्तार नभइसकेकोले तालमेल बाहेक अर्को विकल्प नरहेको बताउनुभयो । ‘एमालेसँग स्थानीय तहमा तालमेल हुने सम्भावना छ, छलफल चलिरहेको छ । सूर्य चिह्नलाई साझा बनाएर चुनावमा जान सकिन्छ,’ थापाले भन्नुभयो, ‘अवस्था हेरेर अरु दलहरुसँग पनि सहकार्य हुनसक्छ ।’ थापाको भनाइ थियो । 

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ४ : १६ बजे