काठमाडौं । त्रिदेशीय फुटबलको फाइनल खेलमा नेपालले बंगलादेशविरुद्ध अग्रता लिएको छ ।
दशरथ रंगशालामा पहिलो हाफको खेल सकिँदासम्म नेपालले २–० को अग्रता लिएको हो । नेपालका लागि खेलको १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले समान १–१ गोल गरे । नेपाल, बंगलादेश र किर्गिस्तान सम्मिलित प्रतियोगितामा नेपालका लागि सञ्जोगले गरेको यो पहिलो गोल हो । समूह चरणमा बंगलादेश र किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको नेपाल गोल नै नगरी फाइनलमा पुगेको हो ।
खेलाडीलाई हौसला दिन प्रधानमन्त्री केपी शर्मा ओली रंगशाला पुग्नुभएको थियो । खेलाडीले गोल गर्दा प्रधानमन्त्री ओलीले उठेर ताली बजाउँदै हौसला दिनुभएको थियो ।
प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार ७ : ३६ बजे
प्रतिक्रिया