गौरादहकी माओवादी उम्मेदवारद्वारा पार्टी त्याग, बालकोट पुगेर एमाले प्रवेश

झापा। झापाको गौरादहकी माओवादी नेतृ अर्पणा राजवंशीले पार्टी त्याग गर्नुभएको छ ।

राजवंशी २०७४ सालको निर्वाचनमा गौरादह नगरपालिका झापामा माओवादीको उपमेयर उम्मेदवार हुनुहुन्थ्यो ।

राजवंशी परिवारसहित आज एमाले अध्यक्ष केपी शर्म ओलीको निवास बालकोट पुगेर एमाले प्रवेश गर्नुभयो ।

राजवंशीले गएको चुनावमा आफ्ना मेयर उम्मेदवार भन्दा ५ सय बढी मत पाउनुभएको थियो । तर उपमेयरमा एमाले विजयी भएको थियो 

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  २ : ४९ बजे