काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका उच्च कर्मचारी नै मिडियामा गोप्य सूचना चुहाउने गरेको आरोप लगाएका छन् ।
नेपाल राष्ट्र बैंकले शुक्रबार आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा उनले राष्ट्र बैंकका गोप्य सूचनाहरु राष्ट्र बैंककै उच्च अधिकारीहरुले मिडियामा दिने गरेको आरोप लगाए ।
‘मिडिया खोजेर त्यहाँ गोप्य कुराहरु पुर्याइन्छ किन ? यस्तै अनुशासन हुन्छ ? कतिपय सूचनाहरु हुन्छन् रिपोर्ट गर्नुपर्ने रिपोर्ट हुँदैनन्,’ मन्त्री शर्माले भने ।
एक व्यापारीका नाममा विदेशबाट शंकास्पद रूपमा आएको ४० करोड रुपैयाँ राष्ट्र बैंकले रोकिदिएपछि छुटाउन अर्थमन्त्री जनार्दन शर्मा नै सकृय भएको समाचार बाहिर आएपछि अर्थमन्त्री बैंकाका कर्मचारीप्रति खनिएका हुन् । शंकास्पद उक्त रकमबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्र बैंकले खाता रोक्का गरी अनुसन्धान गरिरहेको बखत अर्थमन्त्रीले पैसा छुटाउन लिखित निर्देशन दिएका थिए ।
प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार २ : ३७ बजे
प्रतिक्रिया