रौतहटमा काग्रेंसलाई झड्का : राजपुरका मेयर दुई वडाध्यक्ष सहित एमाले  प्रवेश

काठमाडौं । रौतहटको राजपुर नगरपालिकाका मेयर मोहम्मद साकिल अख्तर शुक्रबार नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । 

कांग्रेसबाट निर्वाचित मेयर अख्तर दुई वडाध्यक्षसहित एमालेमा प्रवेश गर्नुभएको हो । 
एमाले स्थायी कमिटी सदस्य तथा रौतहटका नेता प्रभु साहले अख्तरको टोलीसँग वार्ता गरेपछि उहाँहरु एमाले प्रवेश गर्नुभएको हो ।

​​​​​​

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालेकोट पुगेर मेयर अख्तर दुई वडाध्यक्ष एमाले प्रवेश गर्नुभएको हो । 

मेयरसँगै वडा नम्बर ३ र ९ नम्बर वडाका वडाध्यक्ष पनि एमालेमा प्रवेश गरेका छन् । उनीहरुसँगै कांग्रेस जिल्ला कार्यसमिति रौतहटका सदस्य शेख मुबारक, शेख इम्ताज र लोसपाका केन्द्रीय सदस्य शेख मन्जुर पनि एमालेमा प्रवेश गरेका छन् ।

मधेसका विभिन्न जिल्लाका पालिकामा यसअघि कांग्रेस, माओवादी र जसपाबाट निर्वाचित जनप्रतिनिधिहरु एमाले प्रवेश गर्ने क्रम बढेको छ । रौतहटका कांग्रेसबाट निर्वाचित अरु जनप्रतिनिधिलाई एमाले प्रवेश गराउने कार्यक्रम आयोजना हुन लागेको साहले बताएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १ : ४५ बजे