२० देशका लागि राजदूत सिफारिस, को को भए ?

काठमाडौँ । सरकारले लामो समयदेखि रिक्त रहेका २० देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । 

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले परराष्ट्र सेवाबाट आठ जना र सत्ता साझेदार दलहरूको सिफारिसमा १२ जनालाई विभिन्न मुलुकका लागि राजदूतमा नियुक्तिको सिफारिस गरेको हो ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू गर्ने तयारी गरिरहँदा आज बसेको मन्त्रिपरिषद् बैठकले नियुक्तिको निर्णय गरेको हो ।

को को भए राजदूत सिफारिस
​​​​​​​बिष्णुपुकार श्रेष्ठ- चीन
वासुदेव मिश्र- श्रीलङ्का
दानबहादुर तामाङ- दक्षिण अफ्रिका
शर्मिला पराजुली ढकाल- स्पेन
मिलन तुलाधर- रुस
डिल्लीराज पौडेल- मलेसिया
शान्ता रिजाल -इजरायल
नवराज सुवेदी- साउदी
घनश्याम बन्जाडे- बङ्गलादेश
दुर्गाबहादुर सुवेदी -जापान
निर्मल राज काफ्ले- ब्राजिल
भरतकुमार रेग्मी- अष्ट्रिया
सुशील कुमार लम्साल – इजिप्ट
कैलाश पोखरेल- अष्ट्रेलिया
डिल्लीराज पौडेल- कतार
ज्योति प्याकुरेल -दक्षिण कोरिया
रामसुरज राय यादव- डेनमार्क
डोरनाथ अर्याल
हरिशचन्द्र घिमिरे
तीर्थराज वाग्ले

 

 

 

 

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ७ : १४ बजे