अध्यक्ष ओलीद्वारा आगलागी पीडितलाई जस्तापाता र एक/एक लाख दिने घोषणा

नेपालगञ्ज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र रु. एक-एक लाख दिने घोषणा गर्नुभएको छ ।

अध्यक्ष ओलीले हालै बाँकेको नरैनापुरमा भएको आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र रु. एक-एक लाख दिने घोषणा  गर्नु भएको हो ।

नेकपा एमाले, बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले मुलुकको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा पु¥याउने बताउनुभएको छ ।

उहाँले अहिले मुलुकको अर्थतन्त्र सङ्कटमा परेको उल्लेख गर्दै लगानी गर्ने पूँजी नभएकाले लगानी भएन भने रोजगारी र उत्पादन अगाडि बढ्न सक्दैन भन्नुभयो । उहाँले जनमैत्री कार्यक्रम गर्न सरकारसँग आग्रह पनि गर्नुभयो ।

 

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ४ : ३५ बजे