गैर सांसद गोविन्द बन्दी कानुनी मन्त्रीमा नियुक्त

काठमाडौं – अधिवक्ता गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन् । बिहीबार आफूलाई कानुनमन्त्रीमा नियुक्त गरिएको बन्दीले जानकारी दिएका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बन्दीलाई कानुनमन्त्रीमा नियुक्त गर्नुभएको हो । 

नवनियुक्त मन्त्री बन्दीले बिहीबार दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बन्दी संघीय संसदमा सदस्य छैनन् । ६ महिनाभित्र संघीय संंसदको सदस्यता प्राप्त गर्न नसकेमा स्वतः उनको मन्त्री पद गुम्नेछ । 

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ३ : ५४ बजे