नेपाली काँग्रेस नुवाकोटका पूर्व उपसभापति थापा एमालेमा प्रवेश

काठमाडौँ । नेपाली काँग्रेस नुवाकोटका पूर्व उपसभापति यमबहादुर थापा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । 

एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको निवासमा पुगेर पूर्व उपसभापति थापा आज बिहान एमाले प्रवेश गर्नुभएको हो । 

थापासँगै काँग्रेसका अर्का नेता भगवान् पौडेल पनि एमालेमा प्रवेश गर्नुभएको एमाले नुवाकोटका अध्यक्ष मैनालीले जानकारी दिनुभयो ।

काँग्रेसको १४औँ महाधिवेशनमा पञ्चकन्या गाउँपालिकाको सभापतिमा ६ मतको अन्तरमा पराजित हुनुभएका थापा साबिक भद्रुटार गाविसका निर्वाचित गाविस अध्यक्ष समेत हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ११ : ०६ बजे