‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

चुनावमा गठबन्धनको सकस

स्थानीय चुनाव नजिकिएसँगै नेपालका सबै पार्टीहरू चुनावमा आफ्नो पक्षमा कसरी धेरै सिटमा पार्ने भन्ने ध्याउन्नमा छन् । यसो हुनु स्वाभाविक हो । नेकपा एमाले र नेपाली काङ्ग्रेस दुई वटा ठुला पार्टीहरू नै यो चुनावका मुख्य खेलाडी हुन् । नेकपा एमाले एक्लै सबैभन्दा बलियो पार्टीको रूपमा चुनाव अगाडि नै स्थापित भएको छ । त्यसैले अरू धेरथोर चर्चामा भएका पार्टीहरू नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाको पाँच दलीय गठबन्धनको सरकार छ र त्यसले स्थानीय चुनावमा पनि गठबन्धन गरेरै जाने सैद्धान्तिक कुरा गरेको छ । 

यो गठबन्धनले एउटा कुरा स्पष्ट पारेको छ, त्यो के हो भने नेपालको सबैभन्दा ठुलो पार्टी नेकपा एमाले नै हो, त्यस पार्टीसँग एक्ला एक्लै भिड्न सकिँदैन । हुन त नेकपा एमाले अघिल्ला चुनावहरूमा पनि देशको सबैभन्दा ठुलो पार्टीकै रूपमा स्थापित भएकै हो तर नेकपा एमालेबाट माधव नेपाल र झलनाथ खनालहरू उछिट्टिएर अलग पार्टी गठन गरेपछि केही समय केही पार्टी र तिनका नेतालाई भ्रम थियो अब नेकपा एमाले विभाजित भएको छ । ठुलो पार्टी भनेको नेपाली काङ्ग्रेस नै हो । अझ माधव नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाललाई लागेको थियो नेकपा एमाले र केपी ओलीलाई खुब कमजोर पारियो, अब हामी मिलेर ठुलो पार्टी बन्ने हो, नेपाली काङ्ग्रेसलाई साथमा लिएर सधैँ र सबै सरकार चलाउने हो । केन्द्र र प्रदेशका सरकार बनाउने कुरा पूरा भएको छ । त्यसमा देखिने गरिएको किचलो चुलिँदै छ । सरकार भाग पुर्‍याउनमै सीमित भएको कुरा अब कसैबाट छिपेको छैन । त्यसको पनि आयु सकिन एक वर्षभन्दा केही समय मात्रै बढी छ । 

गठबन्धनको ध्यान स्थानीय पालिकाको चुनावमा सकेसम्म बढी सिट आफ्नो भागमा पार्नु हो । यसका लागि एक्ला एक्लै चुनावमा जाँदा सकस पर्ने ठानेर नेपाली काङ्ग्रेस नै गठबन्धनको पक्षमा उभियो । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चा त एक्लै चुनाव लडेर कुनै सिटमा पनि जित हासिल गर्न सकिन्छ भन्ने मनस्थितिमै छैनन् । सायद यो गठबन्धनले यी साना दललाई केही सिट प्राप्त होला । माधव नेपाल र झलनाथ खनालको ध्याउन्न आफूले कहाँ र कति जित्ने भन्ने सोच बदलिएर नेकपा एमालेलाई कसरी हराउने र केपी ओलीलाई कमजोर पार्नेभन्दा माथि छँदै छैन । एमालेलाई कमजोर बनाउन सके आफ्नो बार्गेनिङ पावर बढ्ने र फेरि एमालेमा छिर्न सकिन्छ कि भन्ने ध्याउन्नमा नै यी दुई नेताको बाँकी जीवन बित्ने छ । एमाले कमजोर बनाउन नसके सिपी मैनाली, राधाकृष्ण मैनाली, बामदेव गौतमहरूसँग मिलेर क्लब बनाउने र इतिहासका कुरा गरेर समय बिताउनु उनीहरूको दिनचर्या हुने पक्का छ । 

सामान्य मतदाताको मनस्थिति भनेको जित्नेलाई मत दिने हुन्छ । यस्तोमा जित्ने भनेको त नेकपा एमाले रहेछ भन्ने परिसकेको छ । तत्कालको फाइदा लिएर सिद्धान्त विपरीत मतदान गर्न, अझ त्यो पनि गठबन्धनका उम्मेदवारलाई, स्वाभिमानी मतदाताले मान्ने छैनन् । 

नेपाली काङ्ग्रेसले जुन गठबन्धनको कुरा गरेको छ, यसबाट सबैभन्दा धेरै घाटा उसैलाई भएको छ, हुनेवाला छ । नेपाली काङ्ग्रेस एक्लै चुनावमा जान सक्दैन, डराएको छ भनेर जुन सन्देश गएको छ, त्यसको मनोवैज्ञानिक फाइदा नेकपा एमालेलाई भएको छ भने नोक्सानी नेपाली काङ्ग्रेसलाई । 

गठबन्धनको कुरा सिद्धान्तमा सुन्दा जति सुन्दर र प्यारो लाग्छ, व्यवहारमा त्यति नै जटिल हुन्छ । यसमा मेरो एउटा अनुभव छ । विगतमा म नेकपा एमालेको झापा जिल्ला कमिटीमा बसेर १२ वर्ष जति विभिन्न जिम्मेवारीमा काम गरेँ । त्योभन्दा पहिला पनि गाउँ, नगर र क्षेत्रमा प्रमुखको जिम्मेवारीमा बसेर काम गरेँ । त्यस बेला धेरैले भन्ने गरेको कुरा हो वाम एकता हुनुपर्छ, गर्नुपर्छ । चुनावको मुखमा एउटा कार्यक्रममा यो कुरा अलि बढी नै उठ्यो । त्यहाँ मैले भनेको थिएँ ‘देश भरि नै वाम एकताको कुरा हुँदा झापामा एक सिट पनि अरूलाई दिँदैनौँ भन्दा वाम एकता हुन्छ कि हुँदैन होला ?’  हलबाट कुरा आयो वाम एकता नै हुने भएपछि त सिट दिनुपर्छ । ‘त्यसो हो भने कुन सिट दिने हो, तपाईँहरू निर्णय गर्नुहोस् । हामी केन्द्रमा सिफारिस गर्छौँ’ भनेँ । कसैले पनि आफ्नो क्षेत्र अरूलाई छाड्न मानेनन् । त्यसपछि त्यो बहस सेलायो । जबकि त्यस बेलामा त्यो भेलामा सहभागी भएका कसैले पनि टिकट पाउने आशा गरेका थिएनन् । 

नेकपाबाट एमाले र माओवादी अलग हुँदा माओवादीका रामबहादुर थापा बादल सहितका ठुला नेताले केपी ओलीलाई साथ दिएर एमालेमा रहनु, माओवादी लगायत अन्य पार्टीबाट निर्वाचन जितेका धेरै जनप्रतिनिधिले नेकपा एमालेमा प्रवेश गर्नु, नेकपा माओवादीको आह्वानमा जनयुद्ध लडेका लडाकु धमाधम नेकपा एमालेमा प्रवेश गर्नु, प्रचण्डले नै आफ्ना स्वार्थ पूरा गर्न केपी ओलीको सहारा लिनुपरेको विगतले केपी ओली र नेकपा एमालेप्रति लगाइएका सबै आरोप गलत थिए भन्ने पुष्टि गरेको छ । 

स्थानीय चुनावमा टिकटका आकाङ्क्षी धेरै हुने नै भए । वर्षौँ पार्टीमा काम गरेका, प्रतिपक्षीसँग प्रतिस्पर्धा र लड्ने भिड्ने गरेका कार्यकर्ता टिकट पाउन आफैमा प्रतिस्पर्धा गरिरहेका हुन्छन् । अलिअलि पनि जनाधार नभएका ठाउँमा कसैले कसैलाई छाड्दैनन् । जनाधार भएका ठाउँमा एक—अर्कामा प्रतिस्पर्धा हुन्छ नै । प्रतिस्पर्धीलाई सबैले कमजोर देख्नु र आफूलाई बलियो, जित्न सक्ने देख्नु स्वाभाविक हो । यस्तो प्रतिस्पर्धा पार्टीभित्रै पनि दह्रै हुन्छ । आफूmले टिकट नपाउँदा बागी उम्मेदवार बन्ने, पार्टीमा निष्क्रिय बस्ने, पार्टी नै छाड्ने सम्मका गतिविधि सामान्य बन्दै आएका छन् । केही मतदाताहरू आस्थामा एकदमै समर्पित र कट्टर हुन्छन् । उनीहरू पार्टीको चुनाव चिन्ह बाहेकका चिन्हमा भोट हाल्न मान्दैनन् । पार्टीका कार्यकर्तामा धेरथोर पार्टीको निर्णय र ह्विपको पालना होला तर सामान्य पार्टीका मतदातालाई यो ह्विप लाग्दैन । स्वेच्छाले भोट हाल्न सधैँ स्वतन्त्र हुन्छन् । कार्यकर्ताले नै पनि देखावटी मानेको जस्तो नै गरे पनि गोप्य मत आफूmले चाहेको उम्मेदवारलाई दिन्छन् । 

सामान्य मतदाताको मनस्थिति भनेको जित्नेलाई मत दिने हुन्छ । यस्तोमा जित्ने भनेको त नेकपा एमाले रहेछ भन्ने परिसकेको छ । तत्कालको फाइदा लिएर सिद्धान्त विपरीत मतदान गर्न, अझ त्यो पनि गठबन्धनका उम्मेदवारलाई, स्वाभिमानी मतदाताले मान्ने छैनन् । 

एमालेलाई मन नपराउने, एमालेलाई सिद्ध्याउन कसम खाएकाले बुझेको कुरा के हो भने केपी ओलीलाई कमजोर नपारी एमाले कमजोर पार्न सकिँदैन ।

अबका दिनमा गठबन्धनको सकस अझैँ थपिँदै जानेछ । गठबन्धनका पाँच दलमा नेपाली काङ्ग्रेस बाहेकका पार्टीमा नेता धेरै र जनता थोरै छन् । नेताको व्यवस्थापन गर्न पनि तिनले धेरै सिटमा दाबी गर्नेछन् । तिनले भने जति पाउने कुरै भएन । आफूmलाई धेरै ‘मिनिमाइज’ गरेको भन्ने तिनको मनमा लाग्ने नै छ । त्यसको बदला तिनले गोप्य मतदानमा लिनेछन् । यो गठबन्धन अरूलाई जिताउन गरेकै होइन, आफूm र आफन्तलाई जिताउन गरेका हुन् । प्रचण्ड, माधव र झलनाथका केही मानिसले केही सिटमा उम्मेदवारी पाइहालेछन् भने पनि न तिनले सिद्धान्तनिष्ठ काङ्ग्रेसको भोट पाउँछन्, न अरू ठाउँमा तिनले काङ्ग्रेसलाई भोट  हाल्ने छन् । 

नेकपा एमाले र नेता केपी ओलीका विरुद्धमा विगतमा जति धेरै दुष्प्रचार गरिए त्यसको पर्दा उघ्रिएको छ । त्यसैको परिणाम हो मधेस प्रदेशमा एमाले र केपी ओलीप्रति पछिल्लो समय देखिएको क्रेज । यो त्यतिमा मात्रै सीमित छैन । विगतमा नेकपा एमाले र नेता केपी ओलीलाई माओवादीको विरोधी भनेर खुब प्रचार गरिएको थियो । त्यो पनि देखियो । केपी ओली र एमालेसँग एकता गरेर मात्रै माओवादीको विगतको साख जोगिएको हो भन्ने सबैले बुझेका छन् । अहिले पनि माओवादीको साख जोगाइदिने जिम्मा नेपाली काङ्ग्रेसले लिएको छ । त्यो कति जोगिन्छ, समयले नै बताउने छ । 

यो गठबन्धनले एउटा कुरा स्पष्ट पारेको छ, त्यो के हो भने नेपालको सबैभन्दा ठुलो पार्टी नेकपा एमाले नै हो, त्यस पार्टीसँग एक्ला एक्लै भिड्न सकिँदैन ।

नेकपाबाट एमाले र माओवादी अलग हुँदा माओवादीका रामबहादुर थापा बादल सहितका ठुला नेताले केपी ओलीलाई साथ दिएर एमालेमा रहनु, माओवादी लगायत अन्य पार्टीबाट निर्वाचन जितेका धेरै जनप्रतिनिधिले नेकपा एमालेमा प्रवेश गर्नु, नेकपा माओवादीको आह्वानमा जनयुद्ध लडेका लडाकु धमाधम नेकपा एमालेमा प्रवेश गर्नु, प्रचण्डले नै आफ्ना स्वार्थ पूरा गर्न केपी ओलीको सहारा लिनुपरेको विगतले केपी ओली र नेकपा एमालेप्रति लगाइएका सबै आरोप गलत थिए भन्ने पुष्टि गरेको छ । 

देशको विकास गर्न सशक्त पार्टी र एकीकृत एवं सुदृढ नेतृत्व आवश्यक छ भन्ने बोध विगतभन्दा धेरैलाई भएको छ । टुक्रा टुक्रामा विभाजित र नितान्त आफ्नो एवं आसेपासेको स्वार्थमा रुमल्लिएको नेतृत्वले देशको विकास हुन सक्दैन भन्ने प्रमाण यो सरकारका आठ महिनाका गतिविधिले देखाएको छ । अब कि ‘म अरू जेसुकै होस्, मेरो नेताले भनेको भन्दा एक रत्ती दायाँबायाँ गर्दिनँ, देश जतासुकै जाओस्, त्यो मेरो चासो होइन, नेताले जे भने त्यो मात्रै मान्छु’ भन्ने हो भने त्यो गर्ने छुट पनि छ । होइन, ‘समृद्ध नेपाल, सुखी नेपाली’ मेरो पनि चाहना हो भन्ने हो भने त नेकपा एमालेलाई नै भोट हाल्नुपर्छ । 

एमालेलाई मन नपराउने, एमालेलाई सिद्ध्याउन कसम खाएकाले बुझेको कुरा के हो भने केपी ओलीलाई कमजोर नपारी एमाले कमजोर पार्न सकिँदैन । त्यसैले तिनले न्वारानदेखिको बल निकालेर, सबै खालका मूल्य, आदर्श, मान्यता, आस्था र दर्शनलाई तिलाञ्जलि दिएर, आफ्ना कार्यकर्ताले पाउने अवसरलाई बलि चढाएर जति ठुलो गठबन्धन गरे पनि न एमाले कमजोर हुन्छ न गठबन्धनको सकस कम हुन्छ । बरु यो गठबन्धनले नेपाली काँग्रेसलाई अनावश्यक बोझ थपिने छ । यो हेर्न चुनावको दिनसम्म पर्खनुपरेको छ ।       

 

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ९ : ०४ बजे