मेलम्ची नगर कमिटीद्वारा आयोजित एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

 मेलम्ची । राष्ट्रिय युवा सङ्घ नेपाल मेलम्ची नगर कमिटीद्वारा आयोजित एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय कार्यालय कमिटी सदस्य एवम्  प्रदेश न १ इन्चार्ज  अञ्जना अधिकारीको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न  भएको हो । 

प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि अधिकारीले राष्ट्रिय युवा संघको इतिहास र स्थानीय निर्वाचनमामा युवाहरूको भूमिका लगायतका विषयमा प्रशिक्षण गराउनु भएको नगर कमिटी अध्यक्ष  निरल वाइबाले जानकारी दिनुभयो । 

प्रशिक्षण कार्यक्रमका विशेष अतिथि नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य  बालकृष्ण देउजाले जनताको बहुदलीय जनवादको विषयमा   प्रशिक्षण दिनुभएको थियो । 

त्यस्तै प्रशिक्षण कार्यक्रमका विशेष अतिथि नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य मित्रलाल चौलागाईंले राजनीतिसँगै युवाहरुलाई उत्पादन अभियानमा कसरी आकर्षण गराउन  कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण गराउनुभएको थियो ।

 प्रशिक्षण कार्यक्रम राष्ट्रिय युवा सङ्घ नेपाल  बागमती प्रदेश कमिटी संयोजक  महेश चौलागाईं राष्ट्रिय युवा सङ्घ नेपाल  सिन्धुपाल्चोक संयोजक  राजन दुलाल  जिल्ला कमिटी सदस्य लगायतको उपस्थितिमा  कार्यक्रम सम्पन्न   भएको थियो ।

 प्रशिक्षण कार्यक्रम राष्ट्रिय युवा सङ्घ नेपाल मेलम्ची नगर कमिटी  अध्यक्ष  निरल वाइबाको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ५ : १७ बजे