बाँसबारी छाला, जुत्ता, सिमेन्ट कारखाना, इँटा उद्योग खानेहरूले सोध्छन् खै उद्योग स्थापना गरेको भनेर : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाँसबारी छाला, जुत्ता, सिमेन्ट कारखाना, इँटा उद्योग खाँनेहरुले नै आफूहरूलाई खै उद्योग स्थापना गरेको भनेर सोधेको बताउनु भएको छ ।

नेपाल राष्ट्रिय उद्योग वाणिज्य महासङ्घको दोस्रो राष्ट्रिय सम्मेलनलाई प्रज्ञा भवन कमलादीमा सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले उक्तकुरा बताउनु भएको हो ।

ओलिले भन्नुभयो उनीहरूको काम भनेकै बेचेर खानु, विकासलाई रोक्नु हो, आज अस्पताल, बाटो घाटा सब योजना रोक्दै छन्, उनीहरूले यसका लागि कसम खाएका छन् ।

एमालेले सबैको सुख र सबैको न्याय चाहने बताउँदै गठबन्धनवालाहरू आफ्नो सुख र आफूले भनेजस्तो मात्र खोज्ने काममा रहेको बताउनुभयो ।

ओलीले भन्नुभयो ‘उनीहरू र हामीबिचको फरक नै यही हो हामी सर्वेभवन्तु सुखिन भन्छौ उनीहरू आफूहरूको स्वार्थ मात्र सोच्छन् र त्यसका लागि जे पनि गर्छन् । हामी शोषणकारी प्रणाली हैन न्यायोचित प्रणाली भन्छौ उनीहरू आफ्नो स्वार्थ बाहेक अरू केही सोच्न सक्दैनन् ।’

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ४ : ५७ बजे