पाँच दलीय गठबन्धन बुर्जवाहरुको हो, तीनले स्वार्थका लागि जे नी गर्छन् : अध्यक्ष ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई बुर्जुवाहरूको गठबन्धनको संज्ञा दिनुभएको छ ।  

नेपाल राष्ट्रिय उद्योग वाणिज्य महासङ्घको दोस्रो राष्ट्रिय सम्मेलनलाई प्रज्ञा भवन कमलादीमा सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले एमालेले सबैको सुख र सबैको न्याय चाहने बताउँदै गठबन्धनवालाहरू आफ्नो सुख र आफूले भनेजस्तो मात्र खोज्ने काममा रहेको बताउनुभयो । ‘उनीहरू र हामीबिचको फरक नै यही हो हामी सर्वेभवन्तु सुखिन भन्छौ उनीहरू आफूहरूको स्वार्थ मात्र सोच्छन् र त्यसका लागि जे पनि गर्छन् ।’ ओलीले थप्नुभयो, ‘हामी शोषणकारी प्रणाली हैन न्यायोचित प्रणाली भन्छौ उनीहरू आफ्नो स्वार्थ बाहेक अरू केही सोच्न सक्दैनन् ।’ 

ओलीले एमाले अहिले सरकारबाहिर हुनु भनेको एक पज (विश्राम) मात्र भएको बताउनुभयो  ।  प्रतिकुल र अप्ठ्यारो समयमा पनि स्वाभिमान पूर्वक विकासको बाटोमा देशलाई कसरी हिँडाउने, विकास के हो भनेर जनतालाई चिनाउने , स्वाभिमान के हो भनेर विश्वलाई चिनाउने काम गर्न सकेको भन्दै अब एमालेलाई कसैले गाल्न नसक्ने बताउनुभयो । ‘अब हामीलाई किन्न सक्ने कुनै मूल्य, पद र प्रतिष्ठा छैन । हामीलाई हाम्रो आदर्शबाट हामीलाई कसैले डग्बगाउन सक्दैनन् । हामीले जस्तासुकै दुःख र कठिनाइ पार गरेका छौँ । कठिनाइका दिन हामीले खुसामद गरेर अनुकूलतामा बदलेको हैन सङ्घर्ष गरेको हो । पार्टी भित्र र  अन्तर्राष्ट्रिय स्तरमा पनि हामी माथि किचगंल र दबाब दिँदा पनि हामीले देश विकास, देशको स्वाभिमान र देश बनाउने अठोटलाई कमी हुन दिएनौ ।’ओलीको भनाई थियो ।  त्यो बेला पनि काम गर्न आफ्नैले कहाँ दिएका हुन् र ? एकातिर प्रचण्ड, अर्कोतिर माधव नेपाल अनि अर्कोतिर झलनाथ । देश विकासको कुरा गर्नासाथ देशभन्दा पहिले मेरो कुरा गर्नुछ यहाँ भनेर एउटा दुई घण्टा कराउँछ । अनि अर्कोले मैले के पाउँछु भनेर दुई घण्टा कराउँछ । यस्तो अवरोधका बीच पनि कसरी विकासको काम अघि बढाइयो होला ?

बाँसबारी छाला, जुत्ता, सिमेन्ट कारखाना, इँटा उद्योग खाँनेहरुले आफूहरूलाई सोधेको भन्दै ओलीले जसले उद्योग खाए उसैले आज प्रश्न गरेकोमा आश्चर्य व्यक्त गर्नुभयो । उनीहरूको काम भनेकै बेचेर खानु, विकासलाई रोक्नु हो, आज अस्पताल, बाटो घाटा सब योजना रोक्दै छन्, उनीहरूले यसका लागि कसम खाएका छन् । ओलीले चोभारको सुख्खा बन्दरगाह प्रधानमन्त्री देउवाले उद्घाटन गर्नुभएकोमा धन्यवाद दिनुभयो । ‘हाम्रा मित्रहरु शिल्यान्याश गर्दा विरोध गर्छन् र उद्घाटन गर्दा दंग पर्दछन्’ 

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  २ : ५५ बजे