काठमाडौँ । सुनको मूल्य बुधवार तीन सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार छापावाल सुनको मूल्य तोलाको ९८ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
यसअघि, मङ्गलवार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधवार तेजाबी सुनको मूल्य तोलाको ९८ हजार निर्धारण भएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेको छ। मङ्गलवार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बुधवार एक हजार तीन सय ३५ रुपैयाँ निर्धारण भएको छ ।
प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार ११ : ३५ बजे
प्रतिक्रिया