मोटरसाइकल दुर्घटना हुँदा पर्सामा एक जनाको मृत्यु 

काठमाडौँ । पर्साको जिराभवानी गाउँपालिका–१ गम्हरियामा मङ्गलवार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार अन्दाजी ४० वर्षीय हेमन्त दास रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका दासको उपचारको क्रममा विरगंज स्थित एलएस न्युरो अस्पतालमा साँझ सवा ६ बजे मृत्यु भएको हो । 

मङ्गलवार साँझ ५ बजे उनी सवार रहेको भारतीय नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिएको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ११ : ०९ बजे