सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

बेलायती क्रिकेट क्लबमा नेपाली प्रशिक्षक

लन्डन । बेलायतस्थित प्रतिष्ठित क्रिकेट क्लबमा एक जना नेपालीले प्रशिक्षकको रूपमा काम गर्ने अवसर पाएका छन् । 

योर्कशारस्थित फ्रिक्ली कोलियरी क्रिकेट क्लबले एक विज्ञप्ति जारी गर्दै ३२ वर्षीय आकाश रावल अण्डर–११ तर्फको प्रशिक्षकमा नियुक्त भएको घोषणा गरेको हो । 

डिस्ट्रिक्ट लिगतर्फ ३ सिनियर र ४ जुनियर टोलीले खेलिरहेको सो क्लब योर्कशार क्षेत्रको डिभिजन वानको र्‍याङकिङमा रहेको छ ।

नेपालमा कैलाली, टीकापुर घर भएका रावल सन् २०२० देखि क्लबको पहिलो टिम अन्तर्गत टप अडरको ब्याचम्यानको रूपमा खेल्दै आएका छन् । उनले सन् २००९ मा बेलायतको सरे एण्ड मिडिलसेक्स लिगमा आइजलवर्थ कल्वबाट 'योङ प्लेयर अफ दी इय' को टाइटल जितेका थिए ।

उनले सन् २०१४ मा स्टेनहाउसमियर क्रिकेट कल्वबाट डिभिजन वान खेलमा लिग तर्फको पहिलो टाइटल हात पारेका थिए । उनले सन् २०१८ मा स्टर्लिङ कल्वबाट प्रिमियर लिगमा १८७ रन बनाएर सर्वाधिक रेकर्ड कायम गर्ने खेलाडीको रूपमा आफ्नो नाम लेखाउन सफल भएका थिए ।

 

 

 

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ७ : २० बजे