काठमाडौँ । नेपालमा भारतको विहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ ।
प्रदेश १ र बागमतीका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
दिउँसो प्रदेश १ को पहाडी भू–भागका केही स्थानमा तथा बागमती र गण्डकीका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ ।
बिहीबार प्रदेश १ को पहाडी भू–भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार ७ : १६ बजे
प्रतिक्रिया