राजनीतिक दललाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन (सूचीसहित)

काठमाडौं – निर्वाचन आयोगले दलहरूलाई ६० बुँदे निर्देशन दिएको छ । स्थानीय चुनावका लागि जारी गरेको निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि मंगलबार बोलाएर दलहरूलाई आयोगले उक्त निर्देशन दिएको हो ।

आयोगले दिएको निर्देशनमा कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउने, धर्म भकाउने वा प्रतिज्ञा गराउने जस्ता काम गरी प्रभावमा पार्न नहुने उल्लेख छ । त्यस्तै सार्वजनिक भोज भतेरको आयोजना गर्न वा त्यस्तो प्रयोजनको लागि नगद वा जिन्सी लिन वा लिन मन्जुर गर्न र सार्वजनिक भोज भतेरमा सहभागी हुन नहुने पनि जनाइएको छ ।

आयोगले भित्ते लेखन, तुल, व्यानर, डिजिटल डिस्प्ले छाप्न वा छपाउन वा प्रयोग गर्न वा गराउन पनि रोक लगाएको छ । त्यस्तै कुनै पनि धार्मिक, पुरातात्विक, ऐतिहासिक, सरकारी, सार्वजनिक वा निजी भवन, स्मारक, पर्खाल वा बनोटमा कुनै पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन, सभा वा भेलामा वा त्यस्तो सभा वा भेलाको लागि सूचना प्रवाह गर्ने प्रयोजनका लागिबाहेक अन्यत्र साउण्ड सिस्टमको प्रयोग गर्न वा गराउन नहुने पनि उक्त निर्देशनमा उल्लेख छ ।

 

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ९ : २२ बजे