वीरगञ्ज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिले आफूलाई मधेशविरोधी रहेको हल्ला चलाएको बताउनुभएको छ ।
वीरगञ्जमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केही स्वार्थी व्यक्तिले केपी ओली मधेशीविरोधी रहेको हल्ला चलाएको बताउनुभएको हो ।
‘केपी ओली मधेशविरोधी हो भन्ने हल्ला चलाए केही स्वार्थी मान्छेहरुले,’ उहाँले भन्नुभयो , ‘म मधेशको मान्छे । ६० वर्षदेखि म त मधेशको बासिन्दा हो । ६० वर्षदेखि मधेशमा बसेको छु ।’
प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार ३ : ५४ बजे
प्रतिक्रिया