सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

एन्फा चुनाव सर्‍याे, ६ असारलाई नयाँ मिति

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को १५ जेठमा गर्ने भनिएकाे चुनाव ६ असारमा गर्नेगरी मिति सारिएकाे छ । २३ पुसमा बसेको एन्फा कार्यसमिति बैठकले एन्फाको चुनाव १५ जेठमा गर्ने निर्णय गरेको थियो ।

तय मिति अनुसार नै सानेपास्थित हेरिटेज गार्डेनमा भएको एन्फाको चुनावी विशेष साधरण सभाले निर्वाचन समिति र निर्वाचन पुनरावेदन समिति गठन गर्नुका साथै उम्मेद्वारको मनोनयन शुल्क निर्धारण गरेको थियो ।

पटक–पटक स्थगित भएपछि गत १५ चैतमा सम्पन्न विशेष साधारण सभाले चुनाव १५ जेठमा गर्ने निर्णय गरेको थियो ।  तर, एन्फा सचिवालयले विशेष साधारण सभाको निर्णय उल्टाउँदै कार्यसमिति सदस्यहरू, जिल्ला र क्लबहरूलाई पठाएको ‘केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रियासम्बन्धी कार्यक्रम’मा एन्फाको चुनाव ६ असारमा गर्ने जनाएको छ ।

जिल्ला, क्लब तथा अन्य संघहरुको निर्वाचनको हकमा भने पुरानै निर्णयलाई निरन्तरता दिइएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १ : ३३ बजे