सबैभन्दा ठुलो मतपत्र काठमाडौंको र सानो डोल्पाको 

काठमाडौं – काठमाडौं जिल्लाको मतपत्र  सबैभन्दा ठूलो हुने भएको छ ।

जनक शिक्षा सामग्री केन्द्रमा नमुना मतपत्र छापिरहेको निर्वाचन आयोगका अनुसार काठमाडौं जिल्लाको मतपत्र  सबैभन्दा ठूलो  र  सबैभन्दा सानो मतपत्र डोल्पाका लागि छापिने भएको हो ।

 ‘कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाई हुनेछन्,’ आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ ।’

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १० : २५ बजे