काभ्रेपलाञ्चोक प्रशासनद्वारा आजदेखि नियमित सेवा

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आजदेखि निर्वाधरुपमा आफ्नो सेवा प्रदान गर्ने भएको छ । यसअघि कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण आलोपालो सेवा प्रदान गर्दै आएको थियो । 

सोमबारदेखि स्थानीय तहगत आलोपालो प्रणाली हटाई दैनिक नियमित सेवा प्रदान गरिने भएकाले सेवाग्राहीलाई स्वास्थ्य मापदण्डको पूर्णपालना गर्न सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनारले सूचना जारी गर्नुभएको छ ।  

यसैबीच काभ्रे कोरोनामुक्त भएको छ । दश दिनयताको परीक्षणका क्रममा कोही पनि व्यक्ति कोरोनाबाट सङ्क्रमित भएका छैनन् । कोहीमा पनि कोरोना सङ्क्रमण नदेखिएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ९डिसिएमसी०ले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा पुरुषोत्तमराज सेढाईंका अनुसार यसअघि गत मङ्सिरमा जिल्ला कोरोनामुक्त भएको थियो । जिल्लामा हालसम्म १७ हजार ५५६ जनामा कोरोना सङ्क्रमण देखिएको थियो भने १९५ जनाको मृत्यु भएको थियो । 
 

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १ : ४५ बजे